जीवनभर माफी नमिल्ने १२ महापाप

जीवनभर माफी नमिल्ने १२ महापाप


पाप  गरे पापी भइन्छ।  त्यसकारण कोही पनि व्यक्ति पापी बन्न चाहन्न।  तर स्वार्थ, लोभ, महत्वाकांक्षा इत्यादि कारणले मानिसहरु पाप गरिरहेका हुन्छन।

कतिपय अन्जानबश पाप कर्म गरिरहेका हुन्छन भने कतिपय भने ‘कलियुगमा जसले गर्यो पाप उसैको फलिफाप’ भन्दै पाप कर्म गरिरहेका हुन्छन।  बिभिन्न धर्म शास्त्रहरुले बिभिन्न प्रकारका १२ प्रकारको पाप गर्नेलाई कहिल्यै क्षमा दिन नसकिने उल्लेख छ।

सोचेर गरिने पाप

१. अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउँनु वा उसलाई पाउँने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।

२. अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु ।

३. कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्याउँनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।

४. राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो ।

बोलेर गरिने पाप

५.कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पाप मानिन्छ ।

६. कसैको आत्मासम्मानलाई हानि पुर्याउँने नियतले झूटो बोल्नु ‘छल’को श्रेणीमा राखिएको छ ।

७. समाजमा कसैको सम्मानमाथि हानि पुर्याउँने नियतले वा उसको पछिबाट कुरा काट्ने वा अफवाह फैलाउनु पनि क्षमा दिन नसकिने पाप हो ।

कार्यद्वारा गरिने पाप 

८. धर्मले नकारेको चीज खानु वा धर्म विपरित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन।

९. बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिंसा र असामाजिक कार्यमा संलग्न मानिसलाई पापको भागिदार मानिन्छ ।

१०. गलत तरिकाले अर्कोको सम्पति हडप्नु, ब्राम्हण व मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।

११. गुरु, माता–पिता, पत्नी वा पूर्वजहरुको अपमान भूलेर पनि नगर्नुहोस् ।

१२. मदिरा सेवन गर्नु, गुरुको पत्नीसँग सम्बन्ध बनाउँनु, दान दिइएको सामान फिर्ता ल्याउँनु महापाप मानिन्छ।

Logo