निर्मला प्रकरणमा पत्रकार भण्डारीविरुद्ध फेरि अर्को मुद्दा

निर्मला प्रकरणमा पत्रकार भण्डारीविरुद्ध फेरि अर्को मुद्दा


कृष्ण सिंह धामी

काठमाडौं । पत्रकार खेम भण्डारीविरुद्ध मानहानीको मुद्दा परेको छ । जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले पत्रकार भण्डारीविरुद्ध मुद्दा दायर गरेका हुन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले एमिकस क्यूरी बोलाउन आदेश दिएको थियो । उच्च अदालत बार र जिल्ला बारका विशिष्ट अधिवक्ताहरु राखेर एमिकस क्यूरी गठन गरिएको थियो ।

एमिकस क्यूरीको बैठकमा पत्रकार भण्डारीले आफ्नो पक्षमा वहस नगरेको भन्दै आफुहरुमाथि जथाभावी अभिव्यक्ति दिएको एमिकस क्यूरीका सदस्यहरुको आरोप छ । अदालतको अपहेलना गरेको, भ्रामक समाचार सम्प्रेशण गरेको, सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने खालको स्टाटस पोष्ट गरेको भन्दै उच्च बार र जिल्ला अदालत बारले पत्रकार भण्डारीविरुद्ध मुद्दा हालेको हो । आईतबार जिल्ला अदालत कञ्चनपुरमा पुगेर उनीहरुले पत्रकार भण्डारीविरुद्ध मुद्दा हालेका हुन् ।

पत्रकार भण्डारी सम्पादक रहेको स्थानीय मानसखण्ड दैनिकले निर्मला प्रकरणमा भ्रामक तथा अदालतको मानहानी हुने खालको समाचार सम्प्रेशण गरेको उनीहरुको आरोप छ । निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको तथा हिरासतमा रहेकाहरुलाई चरम यातना दिएको भन्दै तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित ८ जनाविरुद्ध मुद्दा परेको छ ।

सोही मुद्दाको फैसला आउने दिन मानसखण्ड दैनिकले निर्मला हत्याकाण्डः न्यायिक प्रक्रिया नै विथोल्ने यस्तो डिजाइन शिर्षकमा समाचार सम्प्रेशण गरिएको थियो । त्यस्तै निर्मला हत्याकाण्डः डिल्ली विष्ट र अंगुर जिसीका जमानतकर्ता फस्दै, यस्तो चलिरहेछ जिल्ला अदालतमा शिर्षकमा अर्को समाचार सम्प्रेशण गरिएको थियो ।

अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहँदा उनले भ्रामक समाचार सम्प्रेशण गरेको भन्दै मुद्दा हालिएको हो । बारको तर्फबाट हालिएको मुद्दामा पत्रकार भण्डारीलाई कारवाही गर्न माग गरिएको छ । अदालतको अवहेलना मुद्दामा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै अन्य व्यवस्था पनि गरिएको छ । जसमा गल्ती महसुस गर्दै माफी मागेमा माफी दिने व्यवस्था छ ।

यसअघि निर्मला प्रकरणमा आफुहरुको नाम जोडेर भ्रामक समाचार सम्प्रेशण गरेको भन्दै बम दिदिबहिनीले पनि मुद्दा हालेका थिए । उक्त मुद्दा पनि अदालतमा विचाराधिन छ ।

निर्मला प्रकरणमा पत्रकार खेम भण्डारीसहित ३ जनाविरुद्ध मुद्दा

निर्मला प्रकरणः प्रहरीमाथि यस्तो दबाब, ‘दिलिप मेरो सालो हो कारवाही नगर्नु’

निर्मला प्रकरणमा मुछिएका पत्रकार खेम भण्डारीको प्रष्टिकरण

Logo