यसरी देखियो राष्ट्रपतिका लागि विछ्याईएको रातो कार्पेटमा सर्प (भिडियोमा)

यसरी देखियो राष्ट्रपतिका लागि विछ्याईएको रातो कार्पेटमा सर्प (भिडियोमा)


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किईन् । उनको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो ।

भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थल गएका थिए ।

स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखियो ।

उक्त सर्पले एकछिन त्यो रेड कार्पेटमा रमिता देखायो । सर्पको रमिता देखेर त्यहाँ उपस्थित व्यक्तिहरु समेत रमाए । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गर्न थाले । केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीलाई त्यही कार्पेटमा स्वागत गरियो ।

Logo