कसले टुक्रायो ज्योतिष हरिहरको एउटा सपना ?

कसले टुक्रायो ज्योतिष हरिहरको एउटा सपना ?


युवा ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभ लभ’ को गीत सार्वजनिक भएको छ । ‘शुभ लभ’ को ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक भएको हो ।

विशाल निरौलाले स्वर दिएको गीतमा विशालकै शब्द तथा संगीत रहेको छ । गीतमा चलचित्रको मुख्य कलाकार हरिहर अधिकारी र क्रिस्टिन पौडेल फिर्चड छन् । चलचित्रमा हरिहर र क्रिस्टिनसँगै राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदिप वास्तोला, नम्रता सिम्खडा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्रमा नायक हरिहरकै कथा रहेको छ । रियल लाईफमा ज्योतिष पेशा अँगालेका युवा ज्योतिष हरिहरलाई रिल लाइफमा पनि ज्योतिषकै भूमिकामा प्रस्तुत गरिएको छ ।

बनिस शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र रामेश्वर कार्कीको छायांकन रहेको छ । ‘शुभ लभ’ चैत्र १५ गते देखि देशभर प्रदर्शनमा आउँदैछ ।

Logo