प्रधानमन्त्रीको अभिव्यक्तिपछि विप्लवद्वारा नेपाल बन्दको घोषणा

प्रधानमन्त्रीको अभिव्यक्तिपछि विप्लवद्वारा नेपाल बन्दको घोषणा


नेत्र बिक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ। सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि गरेको दमनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत शनिबार र आइतबार प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने, फागुन २८ गते सरकारविरुद्ध र्‍याली निकाल्ने कार्यक्रम छन् । त्यसैगरी फागुन २९ गते मसाल जुलुसहितको र्‍याली निकाल्ने र फागुन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि बिप्लवलाई पार्टीको नाम ‘लुटेरा पार्टी’ राख्नु भन्दै अभिव्यक्ति दिएका थिए।

Logo