कोमल वली भन्छिन्, ‘उखानको सन्दर्भ आकस्मिक प्रयोग थियो’

कोमल वली भन्छिन्, ‘उखानको सन्दर्भ आकस्मिक प्रयोग थियो’


काठमाडौं । राष्ट्रियसभा सदस्य तथा गायिका कोमल वलीले सार्वजनिक रुपमा माफी मागेकी छन् । एउटा टिभी कार्यक्रममा अन्र्तर्वाता दिने क्रममा वलीले अपशब्द प्रयोग गरेको भन्दै आलोचना भएपछि उनले एक विज्ञप्ती जारी गर्दै माफी मागेकी हुन् ।

कान्तिपुर टिभीको सुरज सिंह ठकुरीको टक शो मा वलीले मृत्युपछि आफूलाई सम्मान नचाहिने र बाँचुन्जेल राम्रो काम गर्न चाहेको बताएकी थिईन । उक्त शब्द अकस्मात प्रयोग गर्दा निस्किएको भन्दै माफी मागेकी हुन् ।

उनले भनेकी छन्, ‘नेपाली समाजमा प्रचलित त्यो उखान मैले अपर्झट भनेकी थिएँ, त्यो प्रसङ्गमा जोडेकी थिएँ । मेरो मस्तिष्कमा तत्कालीन समयमा यसले पुर्याउने हानी, यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकता मात्र थियो । त्यो उखानको सन्दर्भ मैले योजना बनाएर गरेकी थिइनँ, आकस्मिक प्रयोग थियो !’

उक्त भनाईले आफुलाई चोट पुगेको समुदायप्रति क्षम माग्दै भनेकी छन्, ‘यसबीच मेरो भनाइका कारण आफूलाई चोट पुगेको ठान्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध गर्न चाहन्छु– मन नदुखाउनुहोस्, कोमल वली कसैका लागि छुरा बन्ने सोच्दिनँ र म नेपालका मात्र होइन, विश्वका सबै जाति, समुदायप्रति उच्च सम्मान भाव राख्छु, राख्नेछु । त्यसैले त्यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए त्यस प्रति म क्षमा याचना गर्छु । अन्त्यमा त्यो उखान प्रयोगको लक्ष्य कुनै समुदायको मर्यादाका आँच पुर्याउनु नभएको र मेरो सबै जाति तथा समुदायप्रति समान उच्चसम्मान रहेको व्यहोरा समेत विनयतापुर्वक अनुरोध गर्दछु !’

Logo