पशुपतिका डन ‘टाईगर बाबा’ कसरी भयो निधन (भिडियोमा)

पशुपतिका डन ‘टाईगर बाबा’ कसरी भयो निधन (भिडियोमा)


काठमाडौं । कालीबाबाबाट शिक्षा ग्रहण गरेका नवनाथ बाबा पछि टाईगर बाबाको नामबाट चिनिए । पशुपतिनाथको उत्तर दिशामा रहेको बिरुपाक्षको मन्दिरबाट पाँच मिनेट उकालो लागेपछि डाँडामा हामीले एक घर र एक मन्दिर देख्न सक्छौँ ।

त्यहि मन्दिरमा लामो समयदेखि बसोबास गर्दै आएका व्यक्ति हुन् टार्ईगर बाबा । त्यहाँ रहेका सुर्य गुफा, भैरव गुफा र देवी गुफामा १५ वर्ष ध्यान, साधना र योग गरेर बसेका टाईगर बाबालाई पशुपतिका डन भनेर पनि चिन्ने गरिन्थ्यो । उनी आफै पनि पशुपतिको डन म हुँ भन्ने गर्थे ।

वरिपरि पहरा र जंगलहरुले रमणीय बनाएको उक्त स्थानमा जप,ध्यान र तपस्यामै १५ वर्ष बिताएका टाईगर बाबा निकै प्रसिद्ध व्याक्ति थिए । उनका चेलाहरु अहिले पनि धेरै रहेका छन् । हामी उहाँ बस्ने कुटीमा पुग्दा हामीले उहाँसँग शिक्षा लिनुभएका एक शिष्य बन्दरनाथ ज्युलाई फेला पार्यौ।

हामीले उहाँसमक्ष टाईगर बाबालाई भेट्न सकिन्छ वा सकिँदैन भन्ने कुरा राख्यौँ । तर उहाँँले हाम्रो प्रश्न सुनेपछि नरमाईलो मान्दै भन्नुभयो ‘बाबा बितेको त आज सात दिन भईसक्यो’ । उहाँको कुरा सुन्दा हामीलाई धेरै नरमाईलो लाग्यो । हामीले उहाँसँग कसरी मृत्यु भएछ त बाबाको भन्ने कुरा कोट्याउन थाल्यौँ ।

उहाँले पनि बाबाको बारेमा बिस्तारमा कुराहरु बताउँदै जानुभयो । एक चर्चित र भाईरल व्यक्तित्वको मृत्युहुँदा पनि कुनै खबर बाहिर आएन । पछिल्लो समय नेपाली समाजमा ठूला व्यक्तित्वहरुको मृत्यु पनि गुमनाम हुने गरेको छ ।

पशुपति क्षेत्रमा आफ्नो डेरा जमाईसकेका टाईगर बाबाको मृत्यु श्रीस्वस्थानी ब्रतकथा समापन अर्थात् श्रीस्वस्थानी पूर्णिमाका दिन भएको थियो । प्रस्तुत छ टाईगर बाबाका शिष्य बन्दरनाथ अघोरी ज्युसँग गरिएको यो बिशेष कुराकानीः

Logo