थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित

थाइल्याण्डसँग नेपाल ५७ रनले पराजित


आइसीसी टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । यो हारसँग नेपालको विश्वकप छनोट चरण पार गर्ने लक्ष्यमा धक्का लागेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो  ।

जवाफमा नेपाल २० ओभरमा ८ विकेट गुमाउँदा ६७ रनमा रोकियो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेनन् । दुई रन हुँदा दुई विकेट गुमाएको नेपालले आठ रन जोड्दा तेस्रो विकेट गुमायो । ओपनर काजल श्रेष्ठ र रोमा थापा मात्र एक एक रनमा आउट भइन भने कप्तान रुवीना क्षेत्री तीन रनमा पेभेलियन फर्किइन ।

त्यसपछि चौथो विकेटका लागि इन्दु बर्मा र सिता रानामगरले ४६ रनको साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर इन्दु २९ र सिता १८ रनमा आउट भएपछि नेपालले ५६ रनमा ५ विकेट गुमायो । त्यसको लगत्तै नेरी थापा पनि मात्र दुई रनमा आउट हुँदा नेपालको पारी संकटमा पर्यो ।

Logo