सहायक डीनद्धारा एक छात्रामाथि यौन दुर्व्यवहार, विद्यार्थीले कालोमोसो दले

सहायक डीनद्धारा एक छात्रामाथि यौन दुर्व्यवहार, विद्यार्थीले कालोमोसो दले


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका एक सहायक डीनले छात्रामाथि यौन दुव्यर्ववहार गरेका छन् । शिक्षा शास्त्र संकायका सहायक डीन बौबालाल साहले एक छात्रामाथि यौन दुव्र्यवहार गरेका हुन् ।

शिक्षा संकायको सम्बन्धन शाखामा काम गर्ने सहायक डीन साहले नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा यौन दुर्व्यवहार गरेको भन्दै बर्दिया घर भएकी ती छात्राले कारबाहीका लागि विश्वविद्यालय तथा प्रहरीमा उजुरी दिएकी छन् ।

सहायक डीन साहले जबर्जस्ती करणी गर्ने उद्देश्यले आफ्नो संवेदनशील अंगमा छोई हातपात गरेको छात्राको आरोप छ । छात्रामाथि दुर्व्यवहार गर्ने साहमाथि विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

उनलाई अखिल क्रान्तिकारी र अनेरास्वीयुका कार्यकर्ताहरूले बुधवार कालोमोसो दलेका हुन् । दुव्र्यवहार गर्ने सहायक डीन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo