राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि के भने प्रधानमन्त्रीले ?(भिडियोमा)

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएपछि के भने प्रधानमन्त्रीले ?(भिडियोमा)


कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राखि प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न पनि सरकारसँग माग गरिएको छ ।

हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतमा माग राखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायमै गर्न सरकारलाई दवाव दिनभन्दै मंगलबारबाटै जनसंघर्षका कार्यक्रम पनि घोषणा गरेको छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले सो ज्ञापन पत्र बुझ्दै राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । उनले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने पनि बताए ।

प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र अखण्डताको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढन सरकार क्रियाशील रहेको पनि बताएका छन् ।

Logo