कांग्रेस सांसद सिंहले पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने

कांग्रेस सांसद सिंहले पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने


काठमाडौं । गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि नेकता भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणाको घोषणा गरेका हुन् ।

दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ ? भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको आरोप लगाउँदैं भने, ‘त्यस्ता जनबोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहुन्छु ।’

सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न नसकेको भन्दै आपत्ति जनाउँदैं उनीहरुको भावनालाई सम्मान गर्न सुझाव दिए । उक्त गीतमा विरोध आएपछि पशुपतिले युट्युवबाट हटाएका थिए ।

Logo