अख्तियारमा आकस्मिक बैठक, राजिनामा दिएका आयुक्त पाठकमाथि अनुसन्धान गर्ने निर्णय

अख्तियारमा आकस्मिक बैठक, राजिनामा दिएका आयुक्त पाठकमाथि अनुसन्धान गर्ने निर्णय


काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि राजिनामा दिएका आयोगकै आयुक्त राजनारायण पाठकविरुद्ध आफैंले अनुसन्धान गर्ने निर्णय गरेको छ ।

अख्तियारले आयुक्त पाठकमाथि छानबिन गर्छ कि गर्दैन भनेर सर्वत्र चासो भइरहेका बेला प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्तहरु डा.गणेशराज जोशी र डा.सावित्री गुरुङ, अख्तियार सचिव महेश्वर न्यौपाने र वरिष्ठ कर्मचारी सम्मिलित बैठकले अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार बैठकले आयुक्तको रुपमा रहँदा पाठकले गरेका कार्यसम्पादनको अनुसन्धान र सम्पत्ति पनि छानबिन गर्ने निर्णय गरेको छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादबारे आयोगमा परेको उजुरीमा ७८ लाख रुपैयाँ घूस लिएको समाचार सार्वजनिक भएपछि पाठकले राजिनामा दिइसकेका छन् । महाअभियोगबाट बच्न हतारमा उनले राजिनामा दिएपछि उनीविरुद्ध कस्तो कारबाही हुन्छ भनेर सर्वत्र चासोका साथ हेरिएको छ ।
राजधानीबाट

Logo