पानी जहाज कार्यालयको उद्घाटन गर्दा प्रधानमन्त्री ओली मख्ख (भिडियोमा)

पानी जहाज कार्यालयको उद्घाटन गर्दा प्रधानमन्त्री ओली मख्ख (भिडियोमा)


काठमाडौं । नेपालले आफ्नै पानी जहाज चलाउने भाषण गर्दै आएका प्रधानमन्त्रीको सपना साकार हुने दिशातिर अगाडि बढ्दै गएको छ । त्यसको सुरुवात स्वरुप आज नेपाल पानीजहाज कार्यालयको स्थापना गरिएको छ ।

ललितपुरको एकान्तकुनामा कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीले नै उद्घाटन गरेका छन् । कार्यालयको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओली एकदमै खुशी देखिएका थिए । लामो समयदेखि भाषणमा पानी जहाज चलाउने दाबी गर्दै आएका ओलीको सपना साकार हुने दिशातिर अघि बढेपछि खुशी देखिएका हुन् । प्रधानमन्त्री ओली कार्यक्रम अवधीभर हसिँलो मुहारमा थिए ।

उद्घाटनपछि मन्तव्य राख्दैं प्रधानमन्त्री ओलीले नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको दाबी गरेका थिए ।

भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी जाने भन्दै नदी र समुन्द्रको टाउँकोमा बसेर भूपरिवेष्ठित हुनै नसक्ने दाबी गरेका हुन् । उनले भने, “भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।”

Logo