संशोधन मस्यौदा समितिको समयावधि थप

संशोधन मस्यौदा समितिको समयावधि थप


राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप  भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई सांसदद्वय वृन्दादेवी आलेमगर र प्रमिला कुमारीले समर्थन जनाएका थिए  ।

राष्ट्रियसभाको वि.सं २०७५ पुस १३ गते बसेको बैठकले सो मस्यौदा समिति गठन गरेको थियो । समितिको पहिलो बैठक पुस २९ गते बसेको थियो ।

समितिको समयावधि हालै समाप्त भएको थियो ।

Logo