‘बैनावट्टा’ को शुभमुहुर्त, जनजातीहरुको कथा र सँस्कृति समाबेश

‘बैनावट्टा’ को शुभमुहुर्त, जनजातीहरुको कथा र सँस्कृति समाबेश


सोमबार चलचित्र ‘बैनाबट्टा’ कोे शुृभमुहुर्त सम्पन्न भएको छ । संघिय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले क्यामेराको स्विच थिचेर चलचित्र ‘बैनाबट्टा’कोे शुृभमुहुर्त गरेका हुन् ।

शुभमुहुर्तपछि नरिवल फुटाएर नायक नायिका लगायत सम्पूर्ण चलचित्र यूनिटले क्यामेरा पूजा गरेका थिए । प्रेम लावतीको निर्माण रहेको चलचित्र बैनाबट्टामा राज चाम्लिङको कथा लेखन तथा निर्देशन रहने भएको छ । यस चलचित्रमा बिशेष गरि पूर्वीय नेपालका जनजातीहरुको जीवनमा आईपर्ने यथार्थ जिवनकथा, उत्तरचढाब तथा कलासँस्कृतिलाई मुख्य बिषय बस्तु बनाएको निर्देशक राईले बताए ।

यस चलचित्रमा मुख्य नायक नायिकाको भुमिकामा देबेन्द्र नेम्वाङ, कविता राई,बाबु मोक्तान, र रश्मिला तामाङ रहने भएका छन् । नायक देबेन्द्र नेम्वाङ र नायिका कविता राई तथा नायक बाबु मोक्तान र नायिका रश्मिला राई बीचको युगल जोडी देख्न सकिन्छ । यो दुई जोडीको रोचक अभिनय तथा रोमान्स चलचित्र बैनाबट्टामा रहने भएको छ ।

अन्य कलाकारहरुमा अर्जन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश बानेम, रिया सुब्बा, रोशन सिंह लिम्बु, प्रकाश थेबे, निरा राई लगायतका कलाकारहरुको रोचक अभिनय रहने भएको छ । सहायक निर्माताको रुपमा एबिराज आङदेम्बे, भवानी घिमिरे, बिक्रम नेम्वाङ, राम लावती, समिल राई, सुनिता लिम्बु, र यसराज योङहाङ आदि रहने भएको छ ।

चार वटा गीत समिटिएको यस चलचित्रमा बुद्धराज इङबा, राज चाम्लिङ, सन्तोष राई आदीको संगीत रहेका छन् । यस गीतमा चर्चित गायक, गायीकाहरु दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु, करुणा राई, दिप्शन लिम्बु आदीको स्वर लहरी रहेने भएको छ ।

पूर्वीय नेपालका बिभिन्न रमणीय स्थानहरुमा फागुन महिनाको पहिलो हप्ताबाट छाँयाङ्कन हुन लागेको ‘बैनाबट्टा’ चलचित्रमा करिब ४० लाख लागत लाग्ने अनुमान गरिएको छ । यस चलचित्रवाट राम्रो आशा लिएको निर्माता प्रेम लावतीले बताए ।

Logo