हत्कडीसहित फरार अभियुक्त गोली हानेर पक्राउ

हत्कडीसहित फरार अभियुक्त गोली हानेर पक्राउ


प्रहरीले धनगढीमा एक जना फरार अभियुक्तलाई गोली हानी पक्राउ गरेको छ।

प्रहरीले कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिलिप दमाईलाई गोली हानेर पक्राउ गरेको हो । दमाइलाई धनगढी उपमहानगरपालिका ७ स्थित जंगलमा गोली हानेर पक्राउ गरेको हो । दमाईको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए ।

Logo