प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी आतंकवाद नियन्त्रणसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । "/>

आइजिपी र गुप्तचर प्रमुख भारत प्रस्थान

आइजिपी र गुप्तचर प्रमुख भारत प्रस्थान


प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी आतंकवाद नियन्त्रणसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । बुधबार र बिहीबार सञ्चालन हुने १९औं अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन मंगलबार राति उनीहरु भारत प्रस्थान गरेका हुन्।

उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतहरुसँग अन्तरक्रिया तथा राष्ट्रको तर्फबाट सुरक्षा प्रमुखहरुको प्रतिनिधित्वले अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा सम्बन्धी सम्बन्ध विस्तार हुन जाने बताइएकाे छ। कार्यक्रमबाट नेपालको आन्तरिक सुरक्षाका संवेदनशिलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने पनि प्रहरीले विश्वास लिएकाे छ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित बिदाइ गरेका थिए।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान तथा कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले कायम मुकायम आइजिपीको जिम्मेवारी पाएका छन् ।

Logo