#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32004058979117746583623559105
नेपाल678044361741449954

आज साउन १५ अर्थात् खीर खाने पर्व

काठमाडौं

साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसै क्रममा मङ्गलबार घरडेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको खीर खाएर यो दिनको स्मृति गर्ने चलन छ । असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यै देखि चलन चल्दै आएको छ ।

असारमा सकिएको रोपाइँ साउनमा गोडमेल गर्ने गरिन्छ । यसै सन्दर्भमा नरिबल, काजु , दाख, मरिच सहित तयार भएको खीर खाएर शरीरलाई ऊर्जामय बनाउने गरिन्छ । वैद्यराज सुवर्ण वैद्यका अनुसार खीर भोजनले शरीरमा ऊर्जाका साथै यो मौसममा कफ, पित्त र वायुको अवस्था ठीक राख्न मद्दत गर्छ ।

धादिङ छत्रेदेउरालीका युवनाथ धितालका अनुसार रोपो गोड्ने भन्दै साउन १५ मा खीर खाने चलनलाई देउराली क्षेत्रमा उल्लासका साथ मनाउने गरिन्छ । असार १५ का रोपाहार र पर्ममा आएकालाई खीर खुवाउनु पर्छ भनिन्छ ।
गोरखापत्रबाट

सम्बन्धित समाचारहरु