आईजीपीले अन्याय गरेको भन्दै एसपी उप्रेतीले दिए राजीनामा

आईजीपीले अन्याय गरेको भन्दै एसपी उप्रेतीले दिए राजीनामा


काठमाडौं । बढुवाप्रति असुन्तुष्टि जनाउँदैं नेपाल प्रहरीका एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयले शनिबार मात्रै १४ एसपी र २६ डिएसपीको बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसमा रोलक्रममा रहेकाहरुलाई छुटाएर कनिष्ठ र विवादित व्यक्तिलाई पारिएको भन्दै एसपी उप्रेतीले असन्तुष्टि जनाउँदैं राजीनामा दिएका हुन् ।

आफु अन्यायमा परेको भन्दै संगठन बसिरहन उपयुक्त नलागेर राजीनामा दिएको एसपी उप्रेतीको भनाई छ । मलाई बढुवामा अन्याय गरे । म भन्दा कनिष्टलाई एसएसपी बनाईए ।

‘जो भ्रष्ट तथा अपराधिक छवि बनाएका अधिकारी थिए । उनीहरु पावर र पैसाको भरमा बढुवा भए । आफु ईमान्दार तथा आफ्नो पेशाप्रति निष्ठाना हुँदा अन्याय गरियो । त्यसैले यस्तो संगठनमा बसिरहन उपयुक्त लागेन् । अब संगठनले के गर्छ । त्यो हेर्न बाँकी छ’ उनले भने । संगठनलाई भ्रष्ट र अनैतिक बनाइएको आरोप उनको छ ।

बढुवामा परेकाहरु मध्ये केहिको अनियमिता सम्बन्धी फाइलमा छानविन भइरहेको थियो । फाइल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल आफैले राखेर तिनै व्यक्तिलाई बढुवाका लागि सिफारिस गरिएको उनको भनाइ छ ।

एसपी उप्रेती अपराध महाशाखाका प्रवक्ता थिए । उनले पदबाट राजीनामा दिदैँ आफूलाई संगठनले नै अयोग्य जस्तो गरेपछि पदमा बसिरहन नैतिकताले नदिएको बताए । संगठन काम गर्ने भन्दा चाप्लुसी र चाकडी गर्नेहरुको कब्जामा परेको उनको आरोप छ ।

२०५१ मा प्रहरी निरिक्षकबाट सेवामा प्रवेश गरेका उनी १०८ व्याचका हुन् । तर, उनी भन्दा दुई व्याच कनिष्ठलाई बढुवाका लागि सिफारिस गरिएको छ। व्याच नम्बर ११० का टेकबहादुर तामाङ, दिपक थापा, भिमप्रसाद ढकाल लगायतलाई बढुवा गर्नका लागि केहि समय अघि नियमावली नै संसोधन गरिएको थियो ।

Logo