निर्मलाको सम्झनामा बन्ने बाल उद्यानको निर्माण कार्य सुरु

निर्मलाको सम्झनामा बन्ने बाल उद्यानको निर्माण कार्य सुरु


कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सम्झनामा बाल उद्यान निर्माण सुरु गरिएको छ । निर्मलाले पढने विद्यालय सरस्वती माध्यमिक विद्यालय महुलिया, उल्टाखाममा २ कठ्ठा जग्गामा बाल उद्यान निर्माण सुरु गरिएको हो ।

बुधबार भिमदत्त नगरपालिका वडा नम्वर २ का अध्यक्ष डम्बर सिंह कार्की, निर्मला पन्तकी आमा दुर्गा देवी पन्त, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अधिकारकर्मी लगायतले उद्यानको शिलान्यास गरेका छन् । निर्मलाको बलात्कारपछि हत्या भएको गरिएको ६ महिना बढी हुँदा पनि हत्यारा पत्ता लाग्न सकेको छैन् ।

करिब १२ लाख रुपैयाँको लागतमा बन्ने नाम नै निर्मला स्मृति बाल उद्यान राखिएको छ । आफ्नी छोरीले अहिले सम्म पनि न्याय नपाउँदा आफु र परिवार दुःखी भए पनि छोरीको सम्झनामा बन्ने उद्यानका कारण आफुमा केही खुश िपैदा गरेको निर्मलाकी आमा दुर्गादेवीले भनिन् ।

तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर,रासस

Logo