पुराना विद्यार्थीले पनि कक्षा ११ र १२ को परीक्षा दिन पाउने

पुराना विद्यार्थीले पनि कक्षा ११ र १२ को परीक्षा दिन पाउने


काठमाडौं । २०६० साल वा त्यो भन्दा पुराना विद्यार्थीहरुले पनि कक्षा ११ र १२ को परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दापछि भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका विद्यार्थीलाई परीक्षामा सामेल गराउने भएको हो ।

बोर्डले जारी गरेको परीक्षा तालिकामा भनिएको छ, ‘रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ६० वा सो भन्दा बढी भएका विद्यार्थीहरुले नियमानुसारको परीक्षा शुल्क तिरी तोकिएकै समयावधिभित्र सैद्धान्तिक प्रयोगात्मक विषयमा परीक्षा आवेदन फारम भर्न सक्ने व्यवस्था गरिएको छ । तर तर उनीहरुले नयाँ पाठ्यक्रम अनुसार परीक्षामा सहभागी हुनुपर्नेछ ।’

बोर्डले गत वर्ष २०६८ सालमा भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका विद्यार्थीलाई परीक्षामा सामेल गराएको थियो । पहिलो पटक २०६० साल वा सो भन्दा बढीकालाई परीक्षामा सहभागी गराउन लागिएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा शाखाले जनाएको छ ।

त्यस्तै कुनै विषयमा सी वा सो भन्दा कम ग्रेड ल्याएर ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरुले समेत परीक्षामा सामेल हुन सक्ने बोर्डले जनाएको छ । कक्षा १२ को २०७६ वैशाख १५ गतेदेखि र कक्षा ११ को वैशाख २९ गतेदेखि परीक्षा हुदैंछ ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

Logo