कराँतेमा विनितालाई स्वर्ण पदक

कराँतेमा विनितालाई स्वर्ण पदक


काठमाडौँ

नेपालकी विनिता महर्जनले पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विहिबार स्वर्णपदक जितेकी छिन् ।

नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो नक्सालद्वारा आयोजित उक्त प्रतियोगिताको महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । त्यस्तै विहिबार नै भएको अन्य खेलमा पुरुष २३ केजीमा नेपालका रोयल लामा पहिलो भए । उनले फाइनलमा आफ्नै राष्ट्रका सोहन गौतमलाई हराए ।

महिला ४५ केजीको फाइनलमा बङ्गलादेशकी प्रिया चौहानले नेपालकी विनिता चपाईंलाई पाखा लगाउँदै पहिलो भइन् । महिला २७ केजीमा भूटानकी खुशी गुरुङले स्वर्ण जितिन् । फाइनलमा खुशीले नेपालकी सपना तामाङको चुनौती पन्छाइन् ।

प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । दुईदिने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रका एक हजार ३१७ खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजक डोजोका प्रमुख गजेन्द्र खपाङ्गीले जानकारी दिनुभयो ।
रासस

Logo