ए डिभिजन लिगमा पुलिस सरस्वती युथक्लबसंग बराबरीमा

ए डिभिजन लिगमा पुलिस सरस्वती युथक्लबसंग बराबरीमा


सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम पुलिस सरस्वती युथक्लबसंग बराबरीमा रोकिएको छ ।

एपीएफको हलचोक मैदानमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले सरस्वतीसंग १–१ गोलको बराबरी खेलेको हो । खेलको ४९ औ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो ।

पुलिसका खेलाडीले सरस्वतीका तिर्थ बस्नेतलाई डिबक्स भित्र फल गरेपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो । ५३ औ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो ।

निर कुमार राईको पासलाई सदुपयोग गर्दै रवि पासवानले पुलिसका लागि बराबरी गोल गरेका थिए । बराबरीसंगै पुलिसको शीर्ष ६ को स्थान जोखिमपुर्ण बनेको छ ।

पुलिसले १२ खेलबाट १८ अंक जोड्दै तालिकाको छैटौ स्थानमा यथावत छ । एक खेल कम खेलेको हिमालयन शेर्पा १७ अंक सहित सातौ स्थानमा छ । सरस्वती १३ अंक सहित तालिकाको १० औ स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

यस्तै आज भएको पहिलो खेलमा पनि च्यासल युथक्लब र जावलाखेल युथक्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एपीएफको हलचोक मैदानमा लिगको आफ्नो अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १० औ मिनेटमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । अफ्रिकन खेलाडी लावलले हानेको फ्रिकिकमा अरुजले हेड मार्फत गोल गरेका थिए ।

३२ औ मिनेटमा च्यासल छिरिङ गुरुङको पेनाल्टी गोलमार्फत खेलमा फर्कियो । डिबक्स भित्रजावलाखेलले फल गरेपछि प्राप्त पेनाल्टीमा च्यासलगोल गर्न सफलभएको थियो । आठौँ स्थानको च्यासलले १३ खेलबाट १५ अंक जोड्यो भने जावलाखेलले १३ खेलबाट १३ अंकजोडेको छ ।

Logo