एकदिवसीयमा कोहलीको कीर्तिमान

एकदिवसीयमा कोहलीको कीर्तिमान


काठमाडौं ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । कप्तान कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम इनिङ्समा १२ हजार रन पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

घरेलु टिम अष्ट्रेलियाविरुद्धको अहिले जारी तेस्रो खेलमा २३ रन जोड्दै कोहलीले १२ हजार रन पुरा गरेका थिए । कोहलीले २ सय ४२ इनिङ्समा १२ हजार रन पुरा गरेर कीर्तिमान बनाएका हुन् ।

कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । तेन्दुलकरले ३ सय इनिङ्समा १२ हजार रन पुरा गरेका थिए ।

कोहली एकदिवसीयमा १२ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडीसमेत बने । यस्तै कोहली १२ हजार रन पुरा गर्ने छैटौं खेलाडी हुन् ।

१२ हजार रनको कोशेढुंगा पुरा गर्ने अन्य खेलाडीमा रिकी पोन्टिङ, कुमार संगाकारा, सनथ जयसूर्या र महेला जयवर्धने रहेका छन् । क्यानबेरामा जारी खेलमा कोहली ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए ।

Logo