अब औषधि बेच्दा अनलाइनमा विवरण राख्नुपर्ने

अब औषधि बेच्दा अनलाइनमा विवरण राख्नुपर्ने


काठमाडौँ

सरकारले औषधिको बिक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्रेस्क्रिप्सन अनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नु पर्नेछ ।

पहिलो चरणमा औषधि व्यवस्था विभागले कम्तीमा २० प्रकारका औषधिको सूची सार्वजनिक गर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आगामी साउनदेखि लागू हुने गरी अनलाइन रिपोर्टिङको व्यवस्था मिलाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका हुन् । रिपोर्ट उपलब्ध नगराउने फार्मेसीको नवीकरण रोक्न पनि उनले निर्देशन दिएका छन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विभागले एन्टिबायोटिकबाट अनलाइनमा विवरण अपडेट सुरु गर्ने बताए । ‘राम्रो कामको सुरुवात हुँदैछ, तर यो काम अत्यन्त जटिल पनि छ,’ ढकालले भने, ‘तत्काल गृहकार्य गरी एन्टिबायोटिकबाट अनलाइन सिस्टम सुरु गर्नेछौँ ।’
नयाँ पत्रिकाबाट

Logo