बिग बास लिगमा सन्दीपको उत्कृष्ट बलिङ जारी, ४ ओभरमा २ विकेट

बिग बास लिगमा सन्दीपको उत्कृष्ट बलिङ जारी, ४ ओभरमा २ विकेट


काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो उत्कृष्ठ प्रदर्शनलाई जारी राखेका छन् । विग बास लिग अन्तर्गत मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले तेस्रो खेलमा २ विकेट लिएका छन् ।

सिड्नी सिक्सर्सविरुद्धको खेलमा सन्दीपले दुई विकेट हात पारेका हुन् । सन्दीपले व्यक्तिगत दोस्रो र तेस्रो ओभरमा विकेट लिएका हुन्। ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन दिएर २ विकेट लिएका छन् ।

उनले हेनरिक्सलाई चार रनमा एलबिडब्लू धरापमा पारे। सातौँ ओभरमा बलिङमा ल्याईएका सन्दीपले पहिलो ओभरमा चार रन दिएका थिए। उनले नवौँ ओभरको दोस्रो बलमा विकेट लिएका हुन् । उनले १२ औँ ओभरको छैटौँ बलमा विकेट लिएका हुन् ।

प्रतियोगितामा सन्दीपले ७ विकेट लिईसकेका छन्। उनले पहिलो खेलमा २ र दोस्रो खेलमा तीन विकेट हात पारेका थिए।

Logo