विद्युत् चोरी गर्ने ४१ जनालाई कारवाही

विद्युत् चोरी गर्ने ४१ जनालाई कारवाही


राजविराज

नेपाल विद्युत् प्राधिकरण केन्द्र राजविराजले बिजुलीको पोलमा हुकिङ् गर्ने ४१ जनालाई कारवाही गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा अनुगमनका क्रममा उनीहरुलाई विद्युत्को पोलमा अङ्कुस लगाउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

विद्युत् प्राधिकरण केन्द्रका प्रमुख चन्द्रनारायण साहका अनुसार उनीहरुको साथबाट चार थान पानी तान्ने मोटर, एउटा एलइडी टिभी र सात थान विद्युत् मिटरसमेत बरामद गरेको छ । पक्राउ परेकाबाट विद्युत् ऐनअनुसार रु १५ हजार असुल गरिएको छ ।
रासस

Logo