ईपीएल: भैरहवाबिरुद्ध काठमाडौँले ब्याटिङ गर्दै

ईपीएल: भैरहवाबिरुद्ध काठमाडौँले ब्याटिङ गर्दै


एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले काठमाडौं किंग्स इलेभेनले भैरहवाबिरुद्ध ब्याटिङ् गरिरहेको छ ।

कीर्तिपुर मैदानमा शुरू हुन लागेकाे खेलमा भैरहवाले टस जितेर काठमाडाैंलाइ ब्याटिङकाे निम्ताे दिएकाे हो ।

हिजो भएको खेलमा भैरहवाले चितवनलाई चार विकेटले हराएको थियो । आज भैरहवा र प्लेअफमा पराजित काठमाडौंवीचको विजेताले उपाधिका लागि ललितपुर प्याट्रियोट्ससँग खेल्नेछ ।

यसअघि लिग चरणको खेलमा काठमाडौंले भैरहवालाई सात विकेटले हराएको थियो ।

Logo