‘सम्वृद्धिका लागि सिण्डिकेट तोडेका हौ’- गृहमन्त्री

‘सम्वृद्धिका लागि सिण्डिकेट तोडेका हौ’- गृहमन्त्री


गृहमन्त्री राम बहादुर थापाले व्यवसायीक हित र सम्वृद्धिका लागि सरकारले यातायात क्षेत्रको सिण्डिकेट तोड्ने काम गरेको बताएका छन्  ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई सनिबार राजधानीमा सम्बोधन गर्दे मन्त्री थापाले केही व्यक्तिमा मात्रै सिमिति रहेको यातायात व्यवसायलाई सबैको पहुँचमा पुर्याउने काम सरकारले गरेको बताएका हुन् । यातायात क्षेत्रमा आउने सबैको हितका लागि सिण्डीकेट तोडिनु अत्यावश्यक रहेको भन्दै उनले सिण्डिकेटको अन्त्य संगै यातायात व्यवसाय व्यवसायीक रुपमा अघि बढेको बताए ।

मन्त्री गृह गृहमन्त्री थापाले लामो समय देखि केही व्यक्तिले यातायात व्यवसायमा एकाधिकार कायम गरि एकलौटी रुपमा शोषण गर्दे आफु मात्रै सम्वृद्ध हुने गरेको र त्यस्तो पद्धतिलाई नीति निर्माता र प्रशासकले पनि संरक्षण गर्दै आएकाले यातायात क्षेत्र व्यवसायीक बन्न नसकेको दाबी गरे । लामो समयदेखिको सिमित व्यक्तिको एकाधिकारबाट बाहिर ल्याउने काम भएकाले तत्काल केही कानुनी बाधा देखिएपनि सरकारले सबै जटिलताहरुको अन्त्य गर्दै लैजाने प्रतिवद्धता पनि उनले जनाए ।

राम बहादुर थापा, मन्त्री गृह नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिका अध्यक्ष होमप्रसाद अधिकारीले यातायात क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको भन्दै त्यसको अन्त्यका लागि पहल गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले यातायात कार्यालयका कर्मचारीहरु दिनहुँ अख्तियारको नियन्त्रणमा पर्ने गरेबाट नै त्यहा भित्रको आर्थिक अनियमिततालाई प्रष्ट पारेको उल्लेख गरे  ।

अध्यक्ष अधिकारीले यातायात क्षेत्रमा ९८ प्रतिशत नीजि क्षेत्रको योगदान रहे पनि भ्रष्टाचार गर्न नपाउने भयका कारण नीति निर्माण तहमा नीजी क्षेत्रलाई सहभागी नगराईएको दाबी गरे । नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समिति सरकारले मुलुकभरका सबै वस व्यवसायी समितिलाई खारेज गरि कम्पनी र प्रालिमा जानुपर्ने बाध्यकारी नियम बनाएको छ ।

Logo