घाज्नी प्रान्तमा तीस लडाकू मारिए

घाज्नी प्रान्तमा तीस लडाकू मारिए


अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको जघोरी जिल्लाको रसाना क्षेत्रमा गरिएको कारबाहीमा ३० जनाभन्दा बढी तालिबान लडाकू मारिएको अफगानी सेनाले जनाएको छ ।

सेनाद्वारा प्रकाशित विज्ञप्तिअनुसार लडाकू विरुद्धको कारबाही आइतबार शुरु भएको थियो । यस कारबाहीका क्रममा सरकारी सुरक्षाफौजले कैयौं गाउँ नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

गत नोभेम्बरमा जघोरी जिल्ला कब्जा गरेर बसेका तालिबान समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस

Logo