वडास्तरीय विकास गर्न केन्द्र धाउनु पर्दैन : प्रमुख शाक्य

वडास्तरीय विकास गर्न केन्द्र धाउनु पर्दैन : प्रमुख शाक्य


काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडास्तरीय विकासको आवश्यकता पूरा गर्न केन्द्रमा नै धाउन नपर्ने बताउनुभएको छ ।

आइतबार कामपा–२४ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा शाक्यले अधिकारसम्पन्न भएकाले धेरै काम वडाबाट नै गरिने बताउनुभयो । सांसद जीवनराम श्रेष्ठले सार्वजनिक सुनुवाइ कार्यक्रम अत्यन्तै आवश्यक छ भन्दै यस्ता कार्यक्रमबाट नागरिकले वडाको काम कारवाही ठीक बेठीक छनोट गर्न पाउने बताउनुभयो ।

प्रदेशसभा सदस्य राजेश शाक्यले पुनःनिर्माणका लागि तयार भएको काष्ठमण्डपको नक्शा निर्देशक समितिबाट स्वीकृत भएको जानकारी दिनुभयो । सुनुवाइका क्रममा स्थानीयवासीले वडाको भित्री क्षेत्रको विकासका लागि हनुमानढोका दरबार संरक्षण कार्यक्रम तथा वडाको कार्यक्रम एकद्वार प्रणाली अनुसार हुनुपर्नेमा जोड दिएका थिए । वडाध्यक्ष बालकृष्ण श्रेष्ठले भित्री क्षेत्रको भौतिक पूर्वाधारको विकाससँगै मूर्त/अमूर्त सांस्कृतिक जीवन बचाउन आफूले पहल गर्ने बताउनुभयो ।
रासस

Logo