पाँच सय एचआइभी सङ्क्रमित

पाँच सय एचआइभी सङ्क्रमित


कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित रहेको पाइएकोे छ । जिल्लामा फेला परेका ५०१ जनाले अहिले ‘एआरटी’ नामक औषधि सेवन गरी रहेका छन् । तीमध्ये ५६ जना बालबालिका रहेका छन् ।
सङ्क्रमित बालबालिकालाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको समर्पण सहयोग समूहका प्रशिक्षक रामबहादुर भरले जानकारी दिए ।

विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा कपिलवस्तुमा एचआइभी एड्स न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएकोसमर्पण सहयोग समूहले सो जानकारी दिएको थियो । प्रशिक्षक रामबहादुर भरका अनुसार कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित अहिलेसम्म खुलेको र अझै समुदायमा २०० बढी सङ्क्रमितले रोग लुकाएर बसेको जानकारी दिए ।

कपिलवस्तुको सीमा क्षेत्रका नेपाली नागरिक एचआइभी एड्सको जोखिममा रहेको विभिन्न तथ्याङ्कले देखाएको छ । सामाजिक बहिस्कारका कारणले गर्दा अझै पनि समुदायमा खुल्न नसकेको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले बताए ।

नेपालमा कूल ३२ हजार ७४७ जना एचआइभी सङ्क्रमितमध्ये २० हजार १९८ पुरुष, १२ हजार ३६१ महिला र १८८ जना समलिङ्गी रहेका छन् । रासस

Logo