Cover NewsDon't Miss

आजबाट ३३ करोड बराबरको आईपिओ खुला

आज (बुधबार) बजारमा ३३ करोड बराबरको आईपिओ आएको छ।  एउटा हाइड्रो र एउटा लघुवित्त कम्पनीको आइपीओ खुला भएको हो।

चौतारी लघुवित्त

चौतारी लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ६ लाख कित्ता आइपीओ निष्काशन गरेको छ  । जस मध्ये ९ हजार ३ सय कित्ता कर्मचारीको लागि र ३० हजार कित्ता सामुहिक कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ५ लाख ६० हजार ७ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लघुवित्तको आईपिओमा न्युनतम ५० र बढीमा तीन हजार कित्तासम्म आवेदन गर्न पाईनेछ ।

लगानीकर्ताले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधि पर्याप्त आवेदन नपरेको खण्डमा पुस १९ गतेसम्म आवेदन दिन सकिने छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । साथै मेरो शेयर अनलाइन मार्फत पनि आवेदन दिन सकिने छ ।

चौतारी लघुवित्तको चुक्ता पुंजी १२ करोड ६० लाख छ। आइपीओ बिक्रि वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी १८ करोड पुग्नेछ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी

मध्य भोटेकोशीले कम्पनीको शेयरमा लगानी गर्ने संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्चारीहरुको लागि मंसिर १९ गतेदेखि २६ गतेसम्मको लागि शेयर निष्काशन गरेको छ  । कम्पनीले संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीहरूलाई ६ लाख कित्ता शेयर छुट्याएको  छ ।

संस्थापक शेयरधनी संस्थामा (चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रा.लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि.)का कर्मचारीहरु पर्ने छन् । संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

यस अघि  कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको थियो  ।

Comment here

SKIP THIS