राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारकी स्टेट काउन्सिलर आङ साङ सुकीबीट भेटवार्ता भएको छ । एसिया प्यासिफिसक समिटमा सहभागी हुन बिहीबार नेपाल आएकी सुकीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको थियो ।

सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि काउन्सिलर सु की नेपाल आएकी थिईन् ।

Logo