श्रृंखलाको नाममा तीन दर्जन बढी नक्कली फेसबुक आईडी

श्रृंखलाको नाममा तीन दर्जन बढी नक्कली फेसबुक आईडी


काठमाडौं । ‘मिस नेपाल २०१८’ को बिजेता श्रृंखला खतिवडा यति बेला चीनमा छिन् । उनी ‘मिस वर्ल्ड २०१८’ को प्रतिस्पर्धाको लागि चीन पुगेकी हुन् । यतिबेला श्रृंखलाको चर्चा यति चुलिएको छ कि सामाजिक सञ्जालदेखि मानिसको मन मस्तिष्कमा पनि उनी छाएकी छन् ।

विशेषगरी उनी सामाजिक सञ्जालमा बढी चर्चित बनेकी छन् । हरेक मानिसको फेसबुक पेजमा पनि छाएकी छन् भन्दा फरक नपर्ला । नेपालीहरुले देखाएको माया, साथ र सर्मथन हेर्दा उनले मिस वर्ल्ड २०१८ जित्ने प्रबल सम्भावना देखिएको छ । नेपालमा मात्र नभएर विश्वभरबाट श्रृंखलालाई जिताउनको लागि भोटको भईरहेको छ ।

उनका फयानहरुले उनलाई भोट गर्न भने छोडेका छैनन् । धेरैलाई थाहा नहुन पनि सक्छ सामाजिक सञ्जाल फेसबुकमा श्रृंखला खतिवडा लेखेका धेरै फेक आईडीहरु पनि छन् । जसले गर्दा श्रृंखलाको भोट घटेको छ । उनको नाममा लगभग २१ वटा फेक आईडीहरु बनेका छन् जसले गर्दा उनको भोटमा नकरात्मक असर पुर्‍याएको छ ।

श्रृंखलाको सक्कली फेसबुक आईडी

उनको अफिसियल फेसबुक अलि फरक किसिमको छ । फेसबुकमा जानुहोस श्रृंखला खतिवडा सर्च गर्नुहोस । श्रृंखला खतिवडा लेखेका थुप्रै आईडी तपाईहरु देख्न सक्नुहुन्छ । श्रृंखला खतिवडा लेखिएको नाम मध्ये श्रृंखला खतिवडा (फुनु) लेखेको ताज पहिरिएको एउटा तस्विर देख्नु हुनेछ । ‘फुनु’ उपनाम दिईएईको फेसबुक नै उनको अफियिल फेसबुक हो ।

श्रृंखलाको अफिसियल फेसबुक पेज

साथै उनको अफिसियल फेसबुक पेजमा भने अग्रेजीमा मिस वर्ल्ड नेपाल लेखिएको छ । जहाँ खतिवडा मिस वर्ल्ड प्रतियोगितामा हुने हरेक गतिविधिहरु शेयर गर्ने गर्दछिन् । साथै उनको आफ्नो पेजबाट आफुलाई धेरै भन्दा धेरै भोट गर्न आग्रह समेत गरेकी छन् । उनको नाममा फेसबुकसँगै ट्वीटर, युट्युब, ईन्स्टाग्राम लगायतका पनि त्यत्तिकैको संख्यामा नक्कली आईडी बनेका छन् ।

राजनीतिक माहोलमा हुर्केकी श्रृंखला हेटौडाको प्रदेश नम्बर ३ मा जन्मिएकी हुन् । उनले पुल्चोक इन्जिनियरिङ कलेजबाट आर्टिटेक्चर अध्ययन गरेकी हुन् । नेपालले अहिले सम्म मिस वर्ल्डको ताज जितेको छैन । यदि उनले जितिन् भने उनी नेपालबाट मिस वर्ल्ड जित्ने पहिलो मिस नेपाल हुनेछिन् ।

Logo