बनेपा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासको पुनर्निर्माण चाँडो सक्ने उद्देश्यले काभ्रेका १३ वटै स्थानीय तहसँग समझदारी (एमओयु) गरेको छ । "/>

निजी आवास पुनर्निर्माणमा काभ्रेका १३ वटै स्थानीयतह र प्राधिकरण बीच सहमति

निजी आवास पुनर्निर्माणमा काभ्रेका १३ वटै स्थानीयतह र प्राधिकरण बीच सहमति


बनेपा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासको पुनर्निर्माण चाँडो सक्ने उद्देश्यले काभ्रेका १३ वटै स्थानीय तहसँग समझदारी (एमओयु) गरेको छ । गाउँ–नगरपालिकाका प्रमुखहरुले अधिकार नपाएकै कारण पुनर्निर्माणमा ढिलाई भएको गुनासो गर्दै आएका थिए ।

‘पुनर्निर्माण थप सहज र छिटो बनाउन भूकम्प प्रभावित जिल्ला मध्ये पहिलोपटक काभ्रेका स्थानीय तहहरुसँग समझदारीपत्रमा हस्ताक्षर भएको हो । अब निजी आवास पुनर्निर्माणले गति लिनेछ’, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने । जिल्ला पुनर्निर्माण समन्वय समितिका अध्यक्ष एवं संघीय सांसद गंगाबहादुर दोङको अध्यक्षतामा बसेको ज्ञवालीसहितको बैठकले यस्तो निर्णय गरेको हो । यस्तो समझदारी भूकम्प प्रभावित सबै जिल्लाका स्थानीयतहसँग गरिने ज्ञवालीले बताए ।

बैठकले प्रत्येक गाउँ÷नगरपालिकाका प्रमुखको अध्यक्षतामा उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष तीन जना सम्म, पुनर्निर्माण हेर्ने फोकल पर्सन (इन्जिनियर), राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल र व्यक्ति (आवश्यकता अनुसार) र प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने गरी ७ देखि ११ सदस्यीय पालिकास्तरीय पुनर्निर्माण समिति गठन गर्ने निर्णय गरेको छ । ‘स्थानीयतहसँग प्राधिकरणको समझदारीबाट पुनर्निर्माण सम्बन्धमा देखा परेका समस्या समाधान गर्न सहज हुने हुँदा चालू आर्थिक वर्षमा निजी आवास पुनर्निर्माण सम्पन्न गर्न सम्भव हुन्छ । समितिको नियमित बैठकले आआफ्ना तहमा भइरहेका निजी आवास, विद्यालय, गुम्बा, मन्दिर तथा अन्य सम्पदाको पुनर्निर्माणमा सहजीकरण गर्नेछ’, ज्ञवालीले थपे ।
नागरिकबाट

Logo