सरस्‍वती युथ क्‍लबको लगातार दोश्रो जित

सरस्‍वती युथ क्‍लबको लगातार दोश्रो जित


पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा सरस्‍वती युथ क्‍लबले दोस्रो जित दर्ता गरेको छ।  

यसअघिको खेलमा फ्रेण्ड्सलाई ३-० ले पराजित गरेको सरस्वतीले भर्खर सम्पन्न खेलमा ब्रिगेड ब्वाइजलाई पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको मंगलवारको खेलमा सरस्वतीले ब्रिगेडलाई २-१ ले पराजित गरेको हो।

जितका लागि विनोद केसी र फ्रान्सिस ओन्यामाले गोल गरे। चार खेलबाट ६ अंक जोडेको सरस्वती क्लब अंकतालिकामा सातौँ स्थानमा उक्लेको छ ।

Logo