एउटा उखानै छ, ‘बिहानको खाना राजा समान, दिउँसोको रोगी र रातीको जोगी समान’ । यसको अर्थ हो, बिहानको खाना ‘हेभी’ खानुपर्छ राजाको जस्तै । "/>

बेलुका ढिलो खाना खाँदा के हुन्छ ? (भिडियोसहित)

बेलुका ढिलो खाना खाँदा के हुन्छ ? (भिडियोसहित)


एउटा उखानै छ, ‘बिहानको खाना राजा समान, दिउँसोको रोगी र रातीको जोगी समान’ । यसको अर्थ हो, बिहानको खाना ‘हेभी’ खानुपर्छ राजाको जस्तै । हाम्रो शरिरलाई उर्जाको आवश्यक पर्छ । यसले दिनभरीलाई उर्जा दिन्छ । बिहान देखी हामीले खानाको मात्रा क्रमशः घटाउदै लैजानुपर्छ ।

साँझ ७ बजे पछिको खानाले हाम्रो शरिरमा फाइदाको सट्टा नोक्सान पु¥याउँछ । बेलुकाको खाना विष समान हुन्छ । सबैको चाहना हो स्वस्थ जीवन जिउने । स्वस्थ र निरोगी रहने । तन्दुरुस्त रहने । तर यो कुरा तवमात्र सम्भव छ, जव हामी स्वस्थ जीवनशैली अपनाउँछौ ।

स्वस्थ जीवनशैली अर्थात स्वस्थ आहार, स्वस्थ विहार र स्वस्थ विचार । हाम्रो दैनिकी एकदमै रफ्तार गतिमा दौडिरहेको छ । हामी अधिकांश त्यसमै कदममा कदम मिलाएर भागिरहेका छौं । यहि दौडमा हामीले आफुलाई प्रयाप्त समय दिन पाइरहेका छैनौ ।

व्यस्तताको कारण हाम्रो जीवनशैली एकदमै अस्तव्यस्त बनिरहेको छ । हाम्रो स्वास्थ्यको ख्याल राख्न पाउँदैंनौं र विभिन्न समस्याको शिकार बन्न पुग्छौं । यहि चक्करमा हामी खानेकुराको समय मिलाएर खान पाउँदैनौ ।

स्वस्थ रहन स्वस्थ खानपानमात्र भएर पनि हुँदैन त्यस खानालाई खाने सहि समय पनि हुन जरुरी हुन्छ । बेलुका ७ बजेपछि खाना स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ । ढिलो खाना खाँदा के–के समस्या हुन सक्छ त ? यो भिडियो यसै विषयमा केन्द्रित छ ।

Logo