काठमाडौँ

प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । "/>

परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै : आठ महिनामा दुई महिना विदेश र प्लेनमा

परराष्ट्रमन्त्री ज्ञवाली विदेश घुमेको घुम्यै : आठ महिनामा दुई महिना विदेश र प्लेनमा


काठमाडौँ

प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापान डुलिरहेका थिए । पाँच दिनका लागि गएका उनी टोकियो, ओसाका लगायत केही सहर घुमे ।

शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् । किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन् । मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके । जापान उनको १३ औं भ्रमण हो ।

विदेशमा सरकारका सदस्य भ्रमणमा निस्कँदा जरुरीलाई ख्याल राख्छन् । पाकिस्तानका प्रधानमन्त्री इम्रान खान बुधबार मलेसिया गए, बिहीबार फर्के । आवश्यक ‘डिल’ एकै दिनमा सके । मलेसियाका मानव संशाधनमन्त्री एम कुला संगेरा तीन साता अघि काठमाडौं ओर्लिए । भोलिपल्टै क्वालालम्पुर पुगे ।

नेपालमा गरेको सम्झौता र त्यसले सम्बन्धमा बढाएको प्रभाव क्वालालम्पुर पुगेर सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा अन्य मुलुकका विशिष्ट पाहुना नेपाल आउँदा समयमा मितव्ययी बन्छन् । तर हामी त्यसबाट सिक्ने होइन, फुर्सद मिलेको झैं सहर घुमेरै बिताउँछौं ।

‘तपार्इंका मन्त्रीहरूले कतिबेला काम गर्छन्, खै ? हुन्न केही भन्दैनन्, गर्ने केही होइन । केही भन्न गयो, भ्रमणको कुरा गर्छन्’, काठमाडौंस्थित एक विदेशी नियोगका अधिकारीले भने । उपेन्द्र यादव पनि परराष्ट्रमन्त्री हुँदा खुब घुमे । उनलाई डा प्रकाशशरण महतले पछ्याए । परराष्ट्र अधिकारी भन्छन्, ‘हामीलाई पनि घुम्न मन लागेको हुन्छ । मन्त्रीलाई नै पठाइदिएपछि बाटो खुल्छ ।’

मन्त्रीका अगाडि कर्मचारीले मक्ख हुने गरी कुरा राख्ने चलन नौलो होइन । तर त्यसमै अल्मलिनु अनौठो हो । ‘परराष्ट्रमन्त्रीको आठ महिना अवधिमा उहाँ दुई महिना विदेश र प्लेनमा रहनुभयो’, कर्मचारीले टिप्पणी गरे ।
अन्नपूर्णबाट

Logo