एजेन्सी । एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर उसकै मासु पकाएर कामदारलाई खुवाएकी छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा मोरक्कोकी करिब ३० वर्षीया ति महिलाले आफ्नो प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर त्यही कार्यरत पाकिस्तानी कामदारलाई खान दिएकी युएईएको सरकारी पत्रिका द नेशनलले जनाएको छ । "/>

अर्की महिलासँग विवाह गर्न खोज्दा प्रेमीको हत्या, मासु पकाएर खाईन्

अर्की महिलासँग विवाह गर्न खोज्दा प्रेमीको हत्या, मासु पकाएर खाईन्


एजेन्सी । एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर उसकै मासु पकाएर कामदारलाई खुवाएकी छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा मोरक्कोकी करिब ३० वर्षीया ति महिलाले आफ्नो प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर त्यही कार्यरत पाकिस्तानी कामदारलाई खान दिएकी युएईएको सरकारी पत्रिका द नेशनलले जनाएको छ ।

ती महिलाले आफ्नो प्रेमीको तीन महिनाअघि हत्या गरेको र घटना हालै मात्रै थाहा भएको छानबिनमा संलग्न भएका अधिकारीलाई जनाएका छन् । ती महिलाले प्रयोग गर्दै आएको ब्लेन्डर (मिक्चर) मा मानिसको दाँत भेटिएपछि घटनाबारे थाहा भएको हो । ती महिलाले अपराध स्वीकार गरेकी छन्।

हत्या भएका व्यक्तिसँग उनी सात वर्षदेखि सम्बन्धमा थिइन् । मोरक्कोकी अर्कै महिलासँग विवाह गर्ने तयारी गरेको बताएपछि आफूले प्रेमीको हत्या गरेको उनले स्वीकार गरेकी छन् । उनले कसरी हत्या गरिन् भन्ने खुलाइएको छैन । तर प्रेमीको शरीरको मासु र भात नजिकै काम गर्दै आएका पाकिस्तानीलाई दिएको बताएकी छन् ।

 

Logo