एजेन्सी । विवाह गरेको ६ महिना मै आमा बनेकी नेहा धुपियाकी छोरीको तस्बिर सार्वजनिक भएको छ । नेहा र अंगद करिब १ वर्षको प्रेम सम्बन्ध पछि बैवाहिक बन्धनमा बाधिएका थिए । "/>

नेहाका पिताले सार्वजनिक गरे नातिनी मेहरको तस्विर

नेहाका पिताले सार्वजनिक गरे नातिनी मेहरको तस्विर


एजेन्सी । विवाह गरेको ६ महिना मै आमा बनेकी नेहा धुपियाकी छोरीको तस्बिर सार्वजनिक भएको छ । नेहा र अंगद करिब १ वर्षको प्रेम सम्बन्ध पछि बैवाहिक बन्धनमा बाधिएका थिए ।

उनीहरुले छोरीको नाम ‘मेहर’ राखेका छन् । मेहर जन्मिएको ३ दिनपछि मात्र उनको तस्विर सार्वजनिक गरिएको हो । मेहरको तस्विर उनको हजुरबुवा विसनसिंह बेदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् । नेहाले छोरी जन्माएपछि एउटा तस्विर शेयर गरेकी थिइन तर त्यो तस्विरमा मेहरको अनुहार भने देखिएको थिएन् । त्यसमा लेखिएको थियो ‘हेलो वल्र्ड ।’

नेहा र अंगदको यो ख्ुसीयालीमा उनीहरुलाई बधाई दिनेको ओइरो नै लागेको छ । नेहा र अंगदले सुटुक्क विवाह गरेका थिए । नेहा विवाह पहिला नै गर्भवती रहेको कुरा पनि बारम्बार मिडियामा छाउने गरेको थियो । पछिल्लो समयमा अंगतले नेहा गर्भवती भएर गोप्य तरिकाले विवाह गरेको कुरा स्वीकार गरेका छन् ।

 

Logo