नेपालकी पहिलो नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘साइनो’ को औपचारिक घोषणा गरिएको थियो । "/>

नेपालकी पहिलो नायिकाले चलचित्र ‘साइनो’ निर्माण गर्दै

नेपालकी पहिलो नायिकाले चलचित्र ‘साइनो’ निर्माण गर्दै


नेपालकी पहिलो नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘साइनो’ को औपचारिक घोषणा गरिएको थियो ।

रमेश थापाको निर्देशन रहने यस चलचित्र प्रेम कथामा आधारित रहेर निर्माण गरिने बताइएको छ । यस चलचित्रमा नीता ढुङगाना, मिरुना मगर, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रोय दिप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, भिमसेन लामा लगायतका कलाकारहरुको अभिनय रहनेछ । चन्द्र विनायक फिल्मस प्रोडक्सन प्रालिको ब्यानरमा बन्न लागेको यस चलचित्र ४० दिनको अवधिमा छायांकन गरिने बताइएको छ । एक दशक अधि प्रर्दशनमा आएको चलचित्रले ‘साइनो’ ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो ।

अहिले भुवन चन्दको निर्माणमा बन्न लागेको चलचित्र ‘साइनो’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्ने अनुमान गरिएको छ । यस चलचित्रलाई अभिमन्यु निरबीले लेखेका हुन् ।

Logo