एजेन्सी । कम्बोडियामा दुई भूतपूर्व नेतालाई जातीय नरसंहारको आरोपमा दोषी ठहर्‍याईएको छ । पहिलो पटक पोल पोट नेतृत्वको खमेर रुज शासनकालका दुई नेतालाई दोषी ठहर गरिएको हो । "/>

कम्बोडिया नरसंहारको अभियोगमा खमेर रुजका दुई नेता दोषी

कम्बोडिया नरसंहारको अभियोगमा खमेर रुजका दुई नेता दोषी


एजेन्सी । कम्बोडियामा दुई भूतपूर्व नेतालाई जातीय नरसंहारको आरोपमा दोषी ठहर्‍याईएको छ । पहिलो पटक पोल पोट नेतृत्वको खमेर रुज शासनकालका दुई नेतालाई दोषी ठहर गरिएको हो ।

उक्त नरसंहारको अभियोगमा ९२ वर्षीय नुओन चीआ र ८७ वर्षीय खियु साम्फानलाई दोषी ठहर गरिएको हो । दोषी ठहर गरिएका ९२ वर्षीय नुओन चीआ पोल पोटको डिपुटी थिए भने ८७ वर्षीय खियु साम्फान क्याम्बोडियाली शासनका राष्ट्र प्रमुख थिए ।

दुई भूतपूर्व नेताविरुद्ध संयुक्त राष्ट्रसंघ समर्थित एक अदालतमा चाम मुस्लिम र जातीय भियतनामीको नरसंहार गरेको आरोपमा मुद्धा चलाईएको थियो ।  सन् १९७५ अप्रिलमा नोमपेन्हमा हिंसा मच्चाएको र मानिसलाई पलायन हुन बाध्य पारेको अभियोगमा दुई नेतालाई सन् २०१४ मा जन्मकैदको सजाय दिइएको थियो । तर कम्बोडियाली विशेष अदालतले शुक्रबार गरेको फैसलामा नुओन चीआलाई अल्पसंख्यक भियतनामी र चाम अल्पसंख्यक मुस्लिम समुदायको नरसंहारमा पनि संलग्न रहेको भन्दै दोषी ठहर गरेको हो ।

खियु साम्फान पनि भियतनामी अल्पसंख्याकमाथि नरसंहार गरेको आरोपमा दोषी भेटिएका छन्, अदालतको आदेशमा भनिएको छ । कारागार र कार्यस्थलमा जबर्जस्ती विवाह, बलात्कार जस्तो कार्यहरु पनि यही शासनकालमा भएको आरोप पनि उनीहरुमाथि लागेको छ ।

खमेर रुज को–को हुन् ?
सलोथ सरको नेतृत्वमा, जसलाई पोल पोटको नामले चिनिन्छ, खमेर रुज फ्रान्सेली शिक्षित बुद्धिजिवीद्धारा स्थापित एक कट्टरपन्थी माओवादी आन्दोलन हो । उनीहरुले एक आत्मनिर्भर, कृषि समाजको सिर्जना गर्न खोजे । शहरहरु खाली गरेर बासिन्दाहरु ग्रामीण सहकारी समितिमा काम गर्नको लागि बाध्य भए । धेरै मानिसहरु मृत्युको लागि काम गर्नुपर्‍यो भने अन्य मानिसहरु भोखमरिमा परे ।

चार हिंसक वर्षहरुमा उनीहरु १९७५ देखि १९७९ सम्म सत्तामा थिए, खमेर रुजले सबै दुश्मनहरुलाई मृत्यु र यातना दिएका थिए जसमा बौद्धिक, अल्पसंख्यक, सरकारी अधिकारी र उनीहरुको परिवार थिए ।

१९९७ मा भियतनामी आक्रमणमा यो शासन हारेको थियो । पोल पोट त्यहाँबाट बचेर निस्किए र १९९७ सम्म मुक्त भए । पक्राउ परेको एक वर्ष पछि उनको मृत्यु भएको थियो ।  बौद्धमार्गीको बाहुल्य रहेको कम्बोडियाम खमेर रुज विद्रोहीहरुले बलको आडमा सामाजिक वर्ग र धार्मिक प्रणालीलाई ध्वस्त बनाउने अभियान चलाएका थिए ।

 

Logo