सानिमा बैंकले ल्यायो ‘थ्री इन वन’ सेवा

सानिमा बैंकले ल्यायो ‘थ्री इन वन’ सेवा


सानिमा बैंकले नेपालमै पहिलो पटक  ‘थ्री इन वन’   सेवाको सुरुवात गरेको छ । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाईन मार्फत विना कुनै झन्झट शेयर कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ  ।  त्यस्तै शेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता पनि यसले अन्त्य गरेको बैंकले जनाएको छ ।  

बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो ।  यसका लागि सानिमा क्यापिटलले शेयर ब्रोकर कम्पनीहरु सँग थप सहकार्य गरेको र सम्पुर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा प्राप्त गर्न बैंकले स्पष्ट पारेको छ ।  

ग्राहकहरुले बैंकको वेबसाइटमा लग ईन गरी नेपालभरि रहेका कुनै पनि शाखाबाट सो खाता संचालनका लागि निवेदन दिन सक्ने पनि बैंकले जनाएको छ ।  

Logo