आज विश्व निमोनिया दिवस । सन् २००९ बाट संसारभर नोभेम्वर १२ का दिन विश्व निमोनिया दिवस मनाउने गरिन्छ । नेपालको विभिन्न क्षेत्रमा निमोनियालाई रोकौं भन्ने मूल नाराको साथ विभिन्न कार्यक्रमा आयोजना गरी मनाईदै आएको छ । "/>

निमोनियाका कारण र बच्ने उपाय

निमोनियाका कारण र बच्ने उपाय


आज विश्व निमोनिया दिवस । सन् २००९ बाट संसारभर नोभेम्वर १२ का दिन विश्व निमोनिया दिवस मनाउने गरिन्छ । नेपालको विभिन्न क्षेत्रमा निमोनियालाई रोकौं भन्ने मूल नाराको साथ विभिन्न कार्यक्रमा आयोजना गरी मनाईदै आएको छ ।

निमोनिया एउटा गम्भीर श्वास प्रणालीको संक्रमण हो, जसले फोक्सोलाई असर गर्छ । फोक्सोमा हुने संक्रमणहरु प्रायः भाइरस वा जीवाणुको कारणले हुने गर्छ । यी संक्रमणहरु सामान्यतया संक्रमित व्यक्तिहरुसँगको प्रत्यक्ष सम्पर्क द्धारा फैलिन्छ ।

निमोनिया भाइरस, जीवाणु वा फंगसको कारण हुने गर्छ । प्रतिरक्षा, पर्याप्त पोषण र पर्यावरणीय कारकहरुलाई सम्बोधन गरेर निमोनियालाई रोक्न सकिन्छ । ब्याक्टेरियाको कारणले हुने निमोनियालाई एन्टीबायोटिक्ससँग उपचार गर्न सकिन्छ । तर एक तिहाई निमोनिया भएका बालबालिकाहरुले आवश्यक एन्टीबायोटिक्स प्राप्त गर्छन् ।

निमोनियाका कारणहरु

निमोनिया धेरै संख्यामा संक्रमित एजेन्टहरु, भाइरस, जीवाणु र फंगस लगायतका कारणहरुले हुने गर्छ ।
स्ट्रेपटोकोकस निमोनिया
– बालबालिकामा जीवाणु निमोनियाको सामान्य कारण,
हृयामोफिलस इन्फ्लुएंजा प्रकार बी (हिब)
– बालबालिकामा जीवाणु निमोनियाको दोस्रो सामान्य कारण,
श्वास सिन्क्टियल भाइरस निमोनियाको सबैभन्दा सामान्य भाइरल कारण हो,
एचआईभी संक्रमित शिशुहरुमा, न्यूमोसाईटिस ज्वेरोभेकी निमोनियाको सबैभन्दा सामान्य कारणहरु मध्ये एक हो । एचआईभी संक्रमित शिशुमा एक चौथाई मृत्युको जिम्मेवार निमोनिया हुन्छ ।

निमोनियाको जोखिम कारकहरु
अधिकांश स्वास्थ्य बच्चाहरुमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता हुन्छ । तर बच्चाहरु जसको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, उनीहरुमा निमोनियाको विकासको उच्च जोखिम हुन्छ । बालबालिकाको प्रतिरक्षा प्रणाली कुपोषणले पनि कमजोर हुन सक्छ र आमाको दुध पर्याप्त नपुगेको बालबालिकाहरुमा यसको जोखिम धेरै हुन्छ ।
यी निम्न पर्यावरणीय कारकहरुले पनि बालबालिकामा निमोनिया बढाउँछ –
बायोमास फ्युल जस्तै काठ या गोवरले खाना पकाउने र तताउने गरिन्छ जसको कारण इन्डोर वायु प्रदुषण हुन्छ ।
भीड घरहरुमा बस्ने
आमा–बुबाको धुम्रपान

विश्वमा र नेपालमा निमोनिया बिमारीको तथ्यांक

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ५ वर्ष मुनिका १६ प्रतिशत बालबालिकाहरु निमोनियाको कारणले मृत्यु हुने गर्छ । जसमा सन् २०१५ मा ९ लाख २० हजार १ सय ३६ बालबालिकाको मृत्यु भएको थियो । संसारभर हरेक वर्ष पाँच वर्ष मुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ । नेपालमा मात्र पाँच वर्षमुनिका ३५ लाख बालबालिका मध्ये पाँच हजार ६ सय जनाको मृत्यु हन्छ ।

निमोनियाबाट बच्ने सामान्य उपाय
एक वर्ष भन्दा कम उमेर भएका शिशुहरुलाई निमोनिया बढी जटिल हुने गर्छ । यदि कसैले आफ्नो बच्चाको हेरचाहमा केही सामान्य कुराहरुमा ख्याल राखियो भने, कसैको बच्चा निमोनियाबाट बच्न सक्छ । आफ्नो बच्चालाई निमोनियाबाट बचाउन यी केही उपायहरु निम्नानुसार छन् –

नवजात बच्चालाई सधैँ टोपी, मोजा र न्यानो लुगा लगाएर राख्नुहोस् ।

मौसम परिवर्तन हुँदा बच्चाको हेरचाहमा विशेष ध्यान दिनुहोस् किनकि मौसम परिवर्तनसँगै बच्चामा रोगहरुको सुरुवात हुनेगर्छ ।

बच्चाको लागि जाडो मौसम धेरै हानिकारक हुन्छ । बच्चालाई यो मौसममा बिहान र साँझको शीत हावा हानिकारक छ ।
बच्चा निन्द्राबाट बिउँझिना साथ तुरुन्त उठाएर खुला हावामा नलानुहोस् । यसो गर्नाले बच्चामा प्रतिकूल असर पार्दछ ।
यदी उल्टी, पखाला र ज्वरो आएमा बच्चालाई तुरुन्त डाक्टरकोमा लानुहोस् ।
यदि डाक्टरले बच्चालाई अस्पतालमा भर्ना गर्न सल्लाह दिएमा उनीहरुको सल्लाह बेवास्ता गर्नुहुँदैन ।

 

 

Logo