पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहको हातबाट भाइटीका लगाए ।

भाइटिकाको दिन अर्थात २०७५ कार्तिक २३ गते सवैले भाइटिका गर्ने दिनमा नै उनले वहिनी शोभाको हातवाट टीका लगाएका हुन् । "/>

पूर्वराजाले किन मानेनन् भाईटीकाको साइत ? (भिडियोसहित)

पूर्वराजाले किन मानेनन् भाईटीकाको साइत ? (भिडियोसहित)


पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा शाहको हातबाट भाइटीका लगाए ।

भाइटिकाको दिन अर्थात २०७५ कार्तिक २३ गते सवैले भाइटिका गर्ने दिनमा नै उनले वहिनी शोभाको हातवाट टीका लगाएका हुन् । तर पञ्चांग निर्णायक समितिले तोकेको साइतमा भने ज्ञानेन्द्रले टीका लगाएनन् । उनले त्यसको ठीक २ घण्टा १५ मिनेट अगाडि नै टीका लगाए ।

बिहान ९ बजेर ४० मिनेटको साइतमा बहिनी शोभा शाहीको कमलपोखरीस्थित निजी निवासमा गएर भाइटीका लगाएका थिए । टीका ग्रहणसँगै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले तिहारको शुभकामना समेत दिएका थिए । शुभकामनामा सुखी शान्ति र समृद्धि र देश विकासमा पूर्वराजा शाहको जोड थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर ५५ मिनेटमा भाइटीकाको शुभसाइत रहेको बताएपनि पुरोहितले जुराएको साइतमा नै टीका लगाए । उनले पञ्चांग निर्णायक समितिलाई फलो गरेनन् । स्मरण रहोस् राजपरिवारमा राजपुरोहितले जुराएकै साइतमा टीका लगाउने परम्परा छ । ज्ञानेन्द्रले त्यही परम्परालाई निरन्तरता दिएको निर्मलनिवास स्रोत बताउँछ ।

Logo