नायिका परमिता आर एल रानाको फेरि ब्रेक अप भएको छ । नायक आयुषमान देशराज जोसीसँगको प्रेम सम्बन्ध टुटेको लामो समयपछि उनी पूर्ण हिसी लोसांगसँग प्रेम सम्बन्धमा रहेकी थिइन् । "/>

नायिका परमिताको फेरि ब्रेकअप, लेखिन् ‘पीडाका लागि धन्यवाद’

नायिका परमिताको फेरि ब्रेकअप, लेखिन् ‘पीडाका लागि धन्यवाद’


नायिका परमिता आर एल रानाको फेरि ब्रेक अप भएको छ । नायक आयुषमान देशराज जोसीसँगको प्रेम सम्बन्ध टुटेको लामो समयपछि उनी पूर्ण हिसी लोसांगसँग प्रेम सम्बन्धमा रहेकी थिइन् ।

परमिताले केही समयअघि आफ्नो जन्मदिनको अवसर पारेर हिसीसँगको प्रेम सम्बन्धको बारेमा खुलासा गरेकी थिइन् । तर त्यो सम्बन्ध लामो समय सम्म टिक्न सकेन ।
परमिताले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो ब्रेक भएको खबर सार्वजनिक गरेकी थिइन् ।

उनले लेखेकी छिन् ‘धन्यवाद हिसी सबैकुराको लागि । तिमीले नै मलाई पीडा सिकाएका छौं । म अहिले पहिलाको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैले बल्ल बुझे कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाको लागि तिमीलाइै धन्यवाद ।’

Logo