प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्केपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर दिउँसो १ बजे सरकारी निवास बालुवाटारमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । "/>

अस्पतालबाट फर्केपछि प्रधानमन्त्री पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

अस्पतालबाट फर्केपछि प्रधानमन्त्री पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै


प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्केपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर दिउँसो १ बजे सरकारी निवास बालुवाटारमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ । कार्यक्रम संक्षिप्त राखिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । निमोनिया भएपछि प्रधानमन्त्री १२ कात्तिक बिहान साढे ४ बजे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । त्यहाँबाट उनी ४ दिनपछि डिस्चार्ज भएका थिए ।

दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको चिकित्सकहरूले अनुमान गरेका छन् । उनलाई अहिले पनि सार्वजनिक कार्यक्रममा नजान र ठूलो भीड नजिकै नबस्न सचेत गराइएको छ ।

रुघाखोकी र ज्वरोबाट संक्रमित भएकाले प्रधानमन्त्री ओली पार्टीद्वारा १० कात्तिकमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा समेत उपस्थिति भएका थिएनन् । उनी उपराष्ट्रपतिको चियापन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई कतार बिदाइ र स्वागतमासमेत जान सकेका थिएनन् ।

Logo