आँखुखोला हाइड्रोपावरको आईपिओ आज (आइतबार) बाँडफाँड हुने भएको छ। "/>

आँखुखोला हाइड्रोपावरको आईपिओ सबैले पाउने

आँखुखोला हाइड्रोपावरको आईपिओ सबैले पाउने


आँखुखोला हाइड्रोपावरको आईपिओ आज (आइतबार) बाँडफाँड हुने भएको छ। कम्पनीले १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरेको थियो । 

कूल निष्काशन गरेको आईपिओ मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निदेशिका अनुसार बाँडफाँड हुनेछ । यस अनुसार प्रत्येक आवेदकलाई गोलाप्रथाबाट दश कित्ता शेयर बाँडफाँड हुनेछ । यस अनुसार सबै आवेदकले कम्पनीको शेयर न्युनतम १० कित्ता पाउनेछन् । अधिकतम शेयर प्राप्त गर्नेले २० कित्ता प्राप्त गर्नेछन् ।

 कम्पनीको सेयरमा ८३ हजार ३ सय १६ जना लगानीकताले आवेदन गरेका थिए । कर्मचारीका लागि २७ हजार ५ सय २० कित्ता सेयर छुट्याइएकोमा जम्मा ५ जनाले ५९ कित्ता सेयर मात्र माग गरेका छन् । कर्मचारीले नकिनेको २७ हजार ४ सय ६१ कित्ता सेयर सर्वसाधारण आवेदकलाई बितरण गर्ने मोडलमा उल्लेख छ ।

Logo