काठमाडौं । इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आइएसटी) कलेज टुरिजम र होटल म्यानेजमेन्ट शिक्षा क्षेत्रमा उदाहरणीय बन्न पुगेको छ । "/>

नेपालमै बसेर अन्तर्राष्ट्रिय डिग्री पाउन चाहनुहुन्छ ? रोज्नुहोस् आइएसटी कलेज

नेपालमै बसेर अन्तर्राष्ट्रिय डिग्री पाउन चाहनुहुन्छ ? रोज्नुहोस् आइएसटी कलेज


काठमाडौं । इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आइएसटी) कलेज टुरिजम र होटल म्यानेजमेन्ट शिक्षा क्षेत्रमा उदाहरणीय बन्न पुगेको छ । २००४ सालमा काठमाडौंको ज्ञानेश्वरमा अवस्थित आइएसटी कलेज साल्जर्बग युनिर्भसिटी अफ अपलाइड साइनस अस्ट्रियाबाट सम्बन्धन प्राप्त हो । उत्कृष्ट व्यवस्थापन टिमका साथ अन्तर्राष्ट्रिय स्तरको अध्ययन अध्यापन गराईरहेको यस कलेजले न्यूनतम मूल्यमा यूरोपियन डिग्री प्रदान गरिरहेको छ ।

आईएसटी इन्टरनेशनल कलेजले प्लस टु र ब्याचलर लेभलको अध्ययन अध्यापन गराउँदै आएको छ । त्यस्तै यहाँ प्लस टु लेभलमा होटल म्यानेजमेन्ट पढाइन्छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले नेपालको मात्र नभएर अस्ट्रियाको होटल म्यानेजमेन्ट डिग्रीको सर्टिफिकेट समेत पाउँछन् ।

‘प्लस टु सकिएपछि विद्यार्थीहरुलाई अनिवार्य ३ देखि ६ महिनासम्म प्रयोगात्मक शिक्षाको लागि पठाईने कलेजकी प्रिन्सिपल सम्झना बस्नेत बताउँछिन् । स्नातक तहमा भने विद्यार्थीहरुले ४० प्रतिशत म्यानेजमेन्ट र ६० प्रतिशत होटल म्यानेजमेन्ट विषय अध्ययन गर्नुपर्छ ।

आइएसटीको विशेषता भनेको यसको भौतिक संरचना पनि हो । यो संस्थाको मूल उद्देश्य भनेको अन्तर्राष्ट्रिय स्तरको हस्पिटियालिटी एजुकेशन दिनु रहेको प्रिन्सिपल बस्नेत बताउँछिन । यूरोपियन ब्याचलर इन हस्पिटयालिटी म्यानेजमेन्ट ४ वर्षीय डिग्री हो ।

पाठ्यक्रम विद्यार्थीहरुको क्षमता र हस्पिटयालिटीमा करियर बनाउन चाहनेलाई लक्षित गरि तयार पारिएको छ । सफल स्नातक उत्र्तिण विद्यार्थीले नेपाल र अस्ट्रिया, अस्ट्रेलिया, बेलायत, अमेरिका लगायतका देशहरुमा मास्र्टस डिग्री गर्न पाउने छन् । यो कलेजको लक्ष्य भनेको विद्यार्थीलाई व्यवहारिक, म्यानेजरियल र उत्कृष्ट कम्युनिकेशन स्किलको विकास गराउनु नै हो ।

आइएसटी कलेजले विद्यार्थीको व्यक्तित्व विकासमा पनि उतिकै महत्व दिएको छ । यो कलेजमा दुबै एकेडेमिक र व्यवहारिक ज्ञानको राम्रो कम्बिनेशन रहेको छ । मानिसहरुको एउटा बानी हुन्छ, जति पढ्यो उति बिर्सिर्दै जाने तर हामीले जे पढ्छौं त्यसलाई व्यवहारमा पनि उतार्नु पर्छ । त्यसैले यो हस्पिटियालिटी उद्योगको रुपमा बहुभाषी रहेको प्रिन्सिपल बस्नेत बताउँछिन् ।

यस कलेजमा विद्यार्थीहरुले सूचीबद्ध विषयमा ज्ञान मात्र हासिल गर्दैनन् । उनीहरुले जीवनको मूल कुराको बारे, सकारात्मक मनोवृति लगायतको व्यवहारिक विषयमा समेत यहाँ अध्ययन अध्यापन हुने गर्दछ । यो कलेजबाट स्नातक तह उत्र्तिण गरेका विद्यार्थीहरुले नेपाल र विदेशका उत्कृष्ट विश्वविद्यालय र अन्य विभिन्न हस्पिटियालीटीहरुमा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।

यहाँ राम्रा फर्निचरयुक्त कक्षाकोठा, बेकरी, एक्सक्लुजिब बार, पिएसएम ल्याब, सुविधायुक्त प्रयाक्टिकल किचेन, प्रयाक्टिकल ल्याब, पुस्तकालय, कम्प्युटर ल्याब, लगायतका सम्पूर्ण सुविधाहरु उपलब्ध छन् ।

हाल सम्म १२ सय विद्यार्थीहरुले यस कलेजबाट प्रदान गरिने प्रमाण पत्र ग्रहण गरिसकेका छन् र यी १२ सय विद्यार्थीहरुले नै रोजगारी पाएका छन् । अर्थात यस कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरु बेरोजगार बस्नु परेको छैन् । गुणस्तरिय शिक्षाले गर्दा नै यहाँका विद्यार्थीहरु वेरोजगार रहनु नपरेको बस्नेतको भनाई छ ।

क्वालिटी एजुकेसन कै कारण यो कलेज हरेक वर्ष उत्कृष्ट घोषित हुदैँ आएको छ । बेस्ट बिजनेस स्कुल अफ नेपाल, बेस्ट टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज लगायतका उपाधि पाउँदै आएको छ ।

यस कलेजले विद्यार्थीहरुलाई प्रयाक्टिकलको शिलशिलामा चीन, भारत, दुबाई, मलेशिया लगायतका देशहरुमा पठाउँदै आएको छ । आइएसटीले नेपालमा एबरोड स्टडिजको नयाँ सोच समेत भित्र्याएको छ ।

यस कलेजबाट उत्पादित विद्यार्थीहरु नेपालमा मात्र नभएर विश्वका विभिन्न हस्पिटियालिटी क्षेत्रमा अब्बल ठहरिदै आएका छन् । नेपालमा रहेका होटल म्यानेजमेन्ट कलेज मध्ये आइएसटी कलेज टप कलेजमा पर्ने बस्नेतको दाबी छ । नेपालमै बसेर इन्टरनेश्नल डिग्री प्राप्त गर्ने एक मात्र कलेज हो आइएसटी कलेज ।

 

 

Logo